राप्रपा जिल्ला अधिवेशनको समयावधि कात्तिक १४ सम्म
सोमबार, २५ असोज २०७८, १९ : ३५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला अधिवेशनको समयावधि आगामी कात्तिक १४ गतेसम्म तोकेको छ । आगामी कात्तिक २७ देखि ३० गतेसम्म हुन लागेको महाधिवेशनका सन्दर्भमा सक्रिय सदस्यता वितरणको समयावधि कात्तिक १० गतेसम्मका लागि थप गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन कात्तिक ११ देखि १७ गतेसम्म गरिने छ । सात प्रदेश कार्यसमितिको अधिवेशन कात्तिक २३ गतेसम्म सम्पन्न गरिने जनाइएको छ ।
जिल्लाका हकमा सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद कात्तिक १५ गतेसम्म, प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन कात्तिक १७ गतेसम्म र जिल्ला अधिवेशन कात्तिक २३ गतेसम्म सम्पन्न गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उधारो असुली कानुन बनाउन माग
-
टियू क्रिकेट मैदानमा फ्ल्डलाइट जडान र प्यारापिट निर्माणको काम कहिले सकिएला ?
-
श्रम आयोगबारे नीति तथा कार्यक्रमले केही बोलेन : सांसद् कोइराला
-
सुख, शान्ति र समृद्धिको बाटो : आम मानिसले बुझ्नुपर्ने सूत्र
-
बैँकिङ प्रणालीबाट आज ३० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक
-
लस भेगसमा नेजाको नवौँ अधिवेशन सुरु