शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पक्की घरमा दसैँ मनाउँदै बोटेमाझीहरु

सोमबार, २५ असोज २०७८, १९ : ०४
सोमबार, २५ असोज २०७८

सदियौँदेखि खोलामा माछा मार्ने र सोही खोला किनारमा स–साना झुपडी र अस्थायी टहरामा जीविका चलाउँदै आएका गुल्मीको सत्यवती गाउँपालिकाका अति सीमान्तकृत बोटेमाझी समुदायले पहिलो पटक व्यवस्थित पक्की घरमा दसैँ मनाउने भएका छन् ।

सत्यवती गाउँपालिका–६ जोहाङ्ग र वडा नम्बर १ रुद्रवेणीका बोटेमाझीहरु बडिगाड खोला किनार छेउमा अस्थायी टहरामा गुजारा गर्दै आएका थिए । अहिले डेढ करोड खर्चेर गाउँपालिकाले २३ वटा पक्की घर बनाइ दिएपछि उनीहरूका लागि यसपालिको दसैँ ऐतिहासिक र उत्साहमय बन्न लागेको हो ।

वडा नम्बर ६ मा १४ वटा र वडा नम्बर १ मा ९ वटासहित २३ वटा पक्की घर निर्माण सम्पन्न भइसकेको छ । ती घर उनीहरूलाई हस्तान्तरण गरी पक्की घरमै दसैँ मनाउने तयारी भइरहेको गाउँपालिका प्रमुख पारिश्वर ढकालले जानकारी दिए ।

निर्माण भएका घरहरूमा अलगै भान्छा कोठा, प्रत्येकमा पानी धारा, व्यवस्थित शौचालय र सुत्ने कोठा छन् । पक्की घर पाउने भएपछि आफूहरू निकै खुसी भएको जोहाङ्गका प्रेम बोटेमाझी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप