शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यार्सा गुम्बासहित पक्राउ परेका दुई जना सार्वजनिक

सोमबार, २५ असोज २०७८, १८ : ००
सोमबार, २५ असोज २०७८

जिल्ला प्रहरी कार्यालय सुनसरीले यार्सा गुम्बासहित पक्राउ गरेका दुई जनालाई आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा खोटाङ रावाबेँशी गाउँपालिका–४ का २७ वर्षीय समीर गुरुङ र सङ्खुवासभा चैनपुर नगरपालिका–४ का ३२ वर्षीय श्यामकुमार लिम्बू रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । 

उनीहरुलाई आइतबार इटहरी उपमहानगरपालिका–६ स्थित जय नेपाल होटलबाट तीन किलो यार्सागुम्बासहित पक्राउ गरेको थियो । गोप्य सूचनाका अधारमा जिप्रकाबाट गएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप