शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

सोमबार, २५ असोज २०७८, १७ : ४७
सोमबार, २५ असोज २०७८

प्यूठान नगरपालिका–४ जुम्रीमा तास खेलिरहेको अवस्थामा प्रहरीले  ९ जनालाई पक्राउ  गरेको छ ।   जुम्री रहेको ऐरावती होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने २४ वर्षीय सतिस केसी लगायत ९ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ  गरेको जनाएको छ ।

होटलमा तास खेलिरहेको  सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले  नगद सहित प्रक्राउ गरेको हो ।  उनीहरुबाट  नगद १ लाख ६५ हजार २ सय ६५ रुपैयाँ, ३ गड्डी तास, ७ थान मोबाइल र ६ वटा मोटरसाइकल सहित पक्राउ गरेका छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप