शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विकास निर्माणमा स्थानीयको सहयोग अपरिहार्य : मन्त्री थापा

सोमबार, २५ असोज २०७८, १७ : ४५
सोमबार, २५ असोज २०७८

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य रहेको बताएका छन् । नेपाली काँग्रेस पोखरा–२१ ले आयोजना गरेको  दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले स्थानीय जनसहभागिता विना कुनै पनि विकास निर्माणका कार्यले गति लिन नसक्ने बताए । 

उनले भने, ‘वडाको विकासमा स्थानीयको भूमिका उल्लेखनीय हुन्छ । त्यसैले स्थानीय जनसहभागिता विना कुनै पनि काम अगाडि बढाउन सकिँदैन । विकासका सकरात्मक पक्षहरुमा सबै एक भएर हिँड्नुपर्ने आजको आवश्यकता हो ।’ 

मन्त्री थापाले पोखरा २१ मा पर्यटकीय गन्तब्य बनाउनका लागि धेरै ठाउँहरु रहेकाले क्रमश विकास गर्दै लैजानुपर्नेमा जोड दिए । उनले पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएपनि विकासको दृष्टिकोणबाट अन्य वडा भन्दा अलिक पछाडि परेको बताउदै होमस्टे अवधारणा अनुरुप वडाको आर्थिक स्तरमा सुधार ल्याउन सकिने बताए । 
मन्त्री थापाले यस क्षेत्रलाई कृषिको पकेट क्षेत्रको रुपमा समेत विकास गर्न सकिने सम्भावना रहेको बताए । मन्त्री थापाले यस क्षेत्रको विकास निर्माणमा सघाउन आपूmले सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप