विदेशबाट ल्याएको सुन ललितपुरमा संकलन, जुत्तामा लुकाएको अवस्थामा बरामद
विदेशबाट ल्याएको सुन ललितपुरको सानागाउँमा संकलन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङको निलकण्ठ नगरपालिका–४ घर भएका ५७ वर्षीय खड्क प्रसाद तिमल्सिनालाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।
विदेशबाट नेपाल आउनेहरुलाई भरिया बनाएर सुनका बाला मगाएका तिमल्सिनाले ललितपुरबाट ३ थान बाला संकलन गरेका थिए । अरु थप बाला लिएर आउनेहरुको निगरानी गर्न पुन ः विमानस्थल पुगेको बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
तिमल्सिनाको साथबाट प्रहरीले १५० ग्राम तौल भएको ३ थान बाला बरामद गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरेर उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी बास्तोलाले बताए । विभिन्न मुलुकहरुमा काठमाडौं आउने यात्रुलाई भन्सार छल्न लगाएर ल्याएको अवस्थामा बरामद गरिएको १५० ग्राम सुनको मुल्य ११ लाख ६२ हजार रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण