बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशबाट ल्याएको सुन ललितपुरमा संकलन, जुत्तामा लुकाएको अवस्थामा बरामद

सोमबार, २५ असोज २०७८, १७ : ०३
सोमबार, २५ असोज २०७८

 विदेशबाट ल्याएको सुन ललितपुरको सानागाउँमा संकलन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङको निलकण्ठ नगरपालिका–४ घर भएका ५७ वर्षीय खड्क प्रसाद तिमल्सिनालाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।

विदेशबाट नेपाल आउनेहरुलाई भरिया बनाएर सुनका बाला मगाएका तिमल्सिनाले ललितपुरबाट ३ थान बाला संकलन गरेका थिए । अरु थप बाला लिएर आउनेहरुको निगरानी गर्न पुन ः विमानस्थल पुगेको बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

तिमल्सिनाको साथबाट प्रहरीले १५० ग्राम तौल भएको ३ थान बाला बरामद गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरेर उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी बास्तोलाले बताए । विभिन्न मुलुकहरुमा काठमाडौं आउने यात्रुलाई भन्सार छल्न लगाएर ल्याएको अवस्थामा बरामद गरिएको १५० ग्राम सुनको मुल्य ११ लाख ६२ हजार रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप