राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन भयो : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन भएको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको उपलक्ष्यमा अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले संविधान सभाको पहिलो बैठक भएको करिब १३ वर्ष पुग्दा देशले भनेजस्तो कोल्टो फेर्न नसकेको जिकिर गरे । अध्यक्ष थापाले नेपालमा अहिले बाह्य शक्तिको तीव्र प्रभाव बढेको भन्दै नेपाल बाह्य शक्तिहरूको रणनीतिक थलो बनेको दाबी गरे ।
अध्यक्ष थापाले भने, ‘संविधान सभाको पहिलो बैठक भएको १३ वर्ष बित्न लाग्दा यो अवधिमा देश कहाँ जान भनेर हिँडेको थियो कहाँ आइपुग्यो, तपाई हामी सबैलाई थाहा नै छ, राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावक विहीन भएको छ, अहिले नेपालमा बाह्य शक्तिको प्रभाव र चलखेल तीव्र रूपले बढ्दै गएको छ, नेपाल बाह्य शक्तिहरूको रणनीतिक थलो बनेको छ, युरोप, अमेरिका, चीन र भारतहरूको रणनीतिक थलो नेपाल बन्दै गइरहेको छ, चाहे एमसीसी भन्नुहोस्, चाहे बिआरआई भन्नुहोस् यहाँ हरेक महत्त्वपूर्ण निर्णयहरूमा बाह्य शक्तिहरूको चलखेल र प्रभाव तीव्र रूपले बढ्दै गइरहेको छ, राष्ट्रियतालाई कमजोर बनाइएको छ, अहिले प्रजातन्त्र केही सीमित दलका सीमित नेताहरूको समूहले सम्पूर्ण राज्य शक्तिमाथि कब्जा जमाएर सर्वसत्तावादी शैलीमा व्रह्मलुट गरिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट
-
कीर्तिपुरमा स्वतन्त्रमध्ये कसलाई सहयोग गर्ने निर्णयमा पुग्न सकेन रास्वपा