सभापतिको हैकम र मनोमानीले पार्टीको विधान धूजा-धूजा भयो : शेखर कोइराला
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले गुटको राजनीतिका कारण पार्टी लथालिङ्ग भएको बताएका छन् । सभापतिको हैकम र मनोमानीले पार्टीको विधान समेत धूजा-धूजा पारेर च्यात्ने काम भएको समेत बताए। "विधानको कुन धारा कति बेला निलम्बन गरिन्छ वा के थपिन्छ फेसबुक हेरेर थाहा पाउनुपर्ने अवस्था छ। जिल्ला पिच्छे फरक-फरक नियम बनाएर अधिवेशन गरिएको छ। नेतृत्वमा बसेकाहरू जसरी पनि पार्टी कब्जाको अभियानमा छन्," कोइरालाले भने। काँग्रेसको इतिहासमा आजसम्म प्रहरीको घेराबन्दीमा अधिवेशन भएको कसैलाई थाहा नभएको बताउँदै डा कोइराला सभापतिकै जिल्लामा सुरक्षाकर्मी लगाएर अधिवेशन गरिनु खेदजनक भएको बताए।
सुन्दरहरैंचा नगर मोरङको नव निर्वाचित कार्यसमितिको पदस्थापन एवं शुभकामना आदानप्रदान कार्यक्रममा नेता डा कोइरालाले प्रधानमन्त्री र प्रधानन्यायाधीशको मिलेमतो र साँठगाँठले लोकतन्त्र खतरामा परेको बताए। कोइरालाले लोकतन्त्रको लागि लडेको पार्टी सभापतिले नै शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनु अत्यन्तै दुःखद भएको बताए। काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौलाले पार्टी माफियाको हातमा गएको भन्दै काँग्रेसभित्र शुद्धीकरणको आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण