मोतीपुर घटना : मृतकका परिवारलाई जनही १ लाख दिइने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुटवलको रुपन्देही मोतीपुरका वास्तविक सुकुम्वासीको समस्या हल गर्नका लागि तत्काल पहल थाल्न निर्देशन दिएका छन् । सोमबार बसेको सुरक्षा समितिको बैठकमा केसीले सुकुम्वासी समस्या समाधान सुझाव कार्यदल निर्माण गर्नका लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिएका हुन् ।
बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समस्या समाधान सुझाव कार्यकालमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपन्देहीको प्रतिनिधि, नापी कार्यालय रुपन्देही प्रतिनिधि, औद्योगिक ग्राम रुपन्देहीको प्रतिनिधि, भूमिहीनको प्रतिनिधि लगायतको टोलीले सम्मिलित एक कार्यदल गठनका लागि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी प्रदान गरेको छ ।
त्यस्तै बैठकले मृतकका परिवारलाई जनही १ लाख राहतस्वरुप प्रदान गर्ने निर्णयसमेत गरेको छ । प्रदेश सरकारकाबाट मोतीपुर घटनाका मृतकहरुमा समवेदना व्यक्त गर्ने, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका परिवारलाई प्रतिव्यक्ति १ लाख राहत प्रदान गर्नका लागि मुख्यमन्त्री कुलप्रसाद केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मालाई जिम्मेवारी प्रदान गरेका छन् । यस्तै दुवै पक्षबाट भएका घाइतेहरूको उपचारको जिम्मेवारी राज्यले लिने पनि जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
