शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

थप ७८५ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

सोमबार, २५ असोज २०७८, १६ : १७
सोमबार, २५ असोज २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ रहेको छ । यसमध्ये १३ हजार ६२२ जना होम आइसोलेसन, १ हजार १६५ जना संस्थागत आइसोलेसन, ३ सय १४ जना सघन उपचार कक्ष तथा १११ जना भेन्टिलेटरमा रहेका छन् । यही अवधिमा थप ८ सय ८८ जना निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ५३२ जनाले खोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप