कास्कीमा जिप दुर्घटना, ८ जनाको मृत्यु
सोमबार, २५ असोज २०७८, १६ : १०
कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराको हरिचोकबाट घान्द्रुकमा जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो । जिप दुघर्टनमा ८ जनाको मृत्यु भएको र एकजनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । उनका अनुसार घाइते अवस्थामा भेटिएका यात्रु भीरमा अड्किएको अवस्थामा भेटिएका थिए । उनको अवस्था सामान्य रहेको छ । घान्द्रुकको कलाभीर भन्ने ठाउँबाट जिप तल मोदी खोलामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । मृतकको सनाखत हुन सकेको छैन । दसैँको छुट्टीमा पदयात्रामा हिँडेकाहरू दुर्घटना परेको हुने सक्ने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण