शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पुथाउत्तरगंगा–१ का वडाध्यक्ष गुरुङको निधन

सोमबार, २५ असोज २०७८, १५ : १८
सोमबार, २५ असोज २०७८

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका–१ का वडाध्यक्ष मकरबहादुर गुरुङको निधन भएको छ । ५४ वर्ष उमेरमा वडाध्यक्ष गुरुङको सोमबार (आज) बिहान मैकोटस्थित घरमै निधन भएको हो ।  कार्यवाहक वडाध्यक्ष मग कामीका अनुसार ३ वर्षदेखि कलेजो सम्बन्धि रोगले ग्रस्त भएपछि २ वर्षदेखि नै उपचाररत थिए । मृतक गुरुङका श्रीमती, २ छोरा र १ छोरी छन् ।

उनी जनयुद्ध कालमा जनमुक्ति सेनाको विग्रेड सह–कमाण्डरसम्म पुगेका थिए भने  हाल  नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सचिवालयका वरिष्ठ सदस्य रहेका थिए ।

२०७४ असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा गुरुङ नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित  भएका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप