शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कलाकार स्वनीका बास्तोला अस्पतालमा

सोमबार, २५ असोज २०७८, १४ : ११
सोमबार, २५ असोज २०७८

कलाकार स्वनीका बास्तोला सडक दुर्घटना घाइते भएकी छन् । गत शनिबार बानेश्वरस्थित मुख्य सडकमा उनी सवारी दुर्घटनामा परेकी हुन् । बानेश्वरबाट बबरमहल तर्फ आउँदै गर्दा उनी सवार स्कुटीलाई एक मिनीबसले ठक्कर दिएको कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए ।

‘दुर्घटना लगतै बास्तोलालाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल पुर्याइएको थियो । अहिले पनि उनको त्यही उपचार भइरहेको छ’ निरौलाले भने, ‘उनको शरिरको बिभिन्न ठाउँमा चोटपटक लागेको छ ।’

उनलाई अझै केही दिन अस्पतालमै राख्नेपर्ने उपचारमा सहभागी चिकित्सकले बताएको निरौलाले सुनाए ।
नेपाल चलचित्र कलाकार संघले सोमबार अस्पतालमा पुरेर बास्तोलाको स्वस्थ्य स्थितीबारे जानकारी लिएको छ । बास्तोलाल रमाइलो वेबसिरिज ‘चुरीफुरी डटकम’ अलवा थुप्रै सानोपर्दाको चलचित्रमा अभिनय गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप