शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हल खुले, दर्शक आएनन्

सोमबार, २५ असोज २०७८, १२ : ५५
सोमबार, २५ असोज २०७८

कोरोनाका कारण बन्द रहेका फिल्म हल गत बिहीबारदेखि खुलेका छन् । दसैँको अवसर पारेर फिल्म हल त खुले, तर हलमा दर्शक भने न्यून देखिएका छन् । हलमा ३० प्रतिशतभन्दा पनि कम दर्शक देखिएका छन् । हलमा सोचे जस्तो दर्शक नदेखिएको निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’ले बताए । ‘फिल्म हल त खुल्यो । तर दर्शक धेरै आएका छैनन्’ श्रेष्ठले भने ‘अहिले जति दर्शक आएका छन् । त्यो फिल्म क्षेत्र चलायमान गराउने उदेश्यले आएको हामीले बुझेका छौँ ।’ पहिलो साता त्यति दर्शक नदेखिए पनि भोलिबाट रिलिज हुने दुई नेपाली फिल्म ‘डाँडाको बरपीपल’ र ‘धन्दागिरी’मा भने दर्शक हलमा देखिन सक्ने उनले अनुमान लगाए ।

चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले पनि फिल्म हलमा अहिले खासै दर्शक नदेखिएको बताए । ‘पहिले ओटिटिमा आइसकेको अंग्रेजी फिल्म ‘फास्ट एन्ड फ्यूरियस ९’ यो साता लागेकोले दर्शक नआएका हुन्’ प्रधानले भने ‘मंगलबारबाट दुई नेपाली फिल्म आउँदैछ । त्यो फिल्ममा भने दर्शक आउँछन्, भन्ने हाम्रो अनुमान हो ।’ प्रधानले मंगलबारबाट देशभरका सबै हल समेत संचालमा आउने जानकारी दिए ।
लामो समयको एक्सरसाइजपछि खुलेको हलमा पहिलो फिल्मको रुपमा हलिउड फिल्म ‘फास्ट एन्ड फ्यूरियस ९’ प्रदर्शनमा आएको थियो । तर यो फिल्मले दर्शक हलसम्म तान्न भने सकेन ।

चलचित्र विकाश बोडले फिल्म क्षेत्र चलायमान गराउने र निर्मातालाई फिल्म प्रदर्शनका हौसला दिने उदेश्यले केही अगाडि अहिले रिलिज गर्ने फिल्मालमई लागि निर्मातालाई आकर्षित गर्न चलचित्र विकास बोर्डले एक कार्यक्रम आयोजना सहित राहतको प्याकेज समेत घोषणा गरेको थियो । प्याकेजमा रिलिजका लागि पब्लिसिटी, प्रचार सामाग्री छपाई लगायतको शीर्षकमा ७ लाख बराबरको सहयोग रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप