मन्त्री नबनाएको विरोधमा उपेन्द्रको पुत्ला दहन (फोटोफिचर)
जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्नुको साथै पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएका छन् । पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको विरोधमा पर्साका युवाहरुले आज काठमाडौँ बालकुमारीस्थित पार्टी कार्यालयमा प्रदर्शन गरेको छ ।

जसपाबाट चारजना मन्त्री पठाएपछि पर्साबाट कसैलाई मन्त्री नबनाएको भन्दै पर्सामा लगातार प्रदर्शन र पुतला जलाउने कार्य गर्दै आएका युवाहरु आज केन्द्रीय कार्यालयमै पुगेर प्रदर्शन गरेका हुन् । जसपामा पर्साका सांसद प्रदीप यादव रहेका छन् । प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै युवाहरु आक्रोशित हुँदै प्रदर्शन गर्दै आएका छन् ।

उनीहरुले अध्यक्ष यादवको राजीनामा माग समेत गरेको छ । जसपाले वर्तमान सरकारमा पठाएको मन्त्री समावेशी नभएको भन्दै पार्टीभित्र तीब्र असन्तुष्टि रहेको छ । प्रदीप यादवको असन्तुष्टि सडकमै देखिएको छ भने प्रमोद साह, मृगेन्द्रकुमार सिंह यादव, इस्तियाक राइ, अमृता अग्रहरीलगायतका नेताहरुले आन्तरिक रुपमा पार्टीभित्र असन्तुष्टि पोखेका छन् । त्यसमध्ये कतिपय नेताले आफ्नो समाजिक सञ्जालमार्फत पनि विरोध जनाइरहेका छन् । जसपाले राजेन्द्र श्रेष्ठ, महेन्द्रराय यादव, रेणु यादव र रामसहाय यादवलाई मन्त्रीमा पठाइएको छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण