परनिर्भर दसैँ : खसीदेखि गँगटोसम्म आयात
नेपालका चाडपर्व र यहाँको कृषि प्रधान अर्थतन्त्रबीच अकाट्य सम्बन्ध छ । कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ३७ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रमा देशका झन्डै ६० प्रतिशत नागरिक आश्रित छन् ।
सबैभन्दा ठुलो पर्व दसैँका बेला नेपालमा मासु खपत अत्यधिक हुन्छ । कृषिलाई मुख्य पेसा बनाएका अधिकांश परिवारले पशुपालन गर्छन् । यसो नेपाल आन्तरिक खपतमा नेपाल आत्मनिर्भर भई विदेशमा समेत मासु निर्यात हुनुपर्ने हो । तर, अवस्था ठिक उल्टो छ । हामी अझैसम्म मासुका लागि जिउँदो पशुदेखि तयारी उत्पादनसम्म आयात गरिरहेका छौँ ।'
आर्थिक वर्ष २०७६/७७ मा ५ लाख ५२ हजार मेट्रिक टन मासु उत्पादन भएको पशु सेवा विभागको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा देशभर ५ लाख ४९ हजार ३३२ मेट्रिक टन मासु खपत भएको र अपुग ३९८ मेट्रिक टन मासु विदेशबाट आयात गरिएको तथ्याङ्क छ । तर, सरकारी तथ्याङ्कमा विश्वसनीयताको सवाल उठ्ने गरेको छ ।
अहिले नेपालमा मासुका लागि खसीदेखि गँगटोसम्म विदेशबाटै आयात हुने गरेको छ । चालू आर्थिक वर्षको साउन र भदौ महिनामा झन्डै तीन दर्जन देशबाट नेपालले झिँगे माछादेखि पक्षी उत्पादन आयात गरेको भन्सार विभागले तयार गरेको तथ्याङ्कमा उल्लेख छ ।
मासुका लागि सबैभन्दा धेरै आयात भारतबाट हुने गरेको छ । जिउँदो खसी बाख्रा, तयारी मासु, जिउँदा र मारिएका माछादेखि गँगटो (स्क्रब) सम्म भारतबाट आयात भएको हो । दुई महिनामा त्यहाँबाट १० करोड ८२ लाख रुपैयाँ बराबरको १२ हजार ४३ वटा जिउँदो खसी बाख्रा आयात गरिएको छ । यसै गरी, जमाइएको मासु (फ्रोजन मिट) मात्रै ४८ हजार किलोग्राम आयात भएको छ ।
कुन देशबाट कति आयात :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण