बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

परनिर्भर दसैँ : खसीदेखि गँगटोसम्म आयात

सोमबार, २५ असोज २०७८, १२ : १०
सोमबार, २५ असोज २०७८

नेपालका चाडपर्व र यहाँको कृषि प्रधान अर्थतन्त्रबीच अकाट्य सम्बन्ध छ । कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ३७ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रमा देशका झन्डै ६० प्रतिशत नागरिक आश्रित छन् । 

सबैभन्दा ठुलो पर्व दसैँका बेला नेपालमा मासु खपत अत्यधिक हुन्छ । कृषिलाई मुख्य पेसा बनाएका अधिकांश परिवारले पशुपालन गर्छन् । यसो नेपाल आन्तरिक खपतमा नेपाल आत्मनिर्भर भई विदेशमा समेत मासु निर्यात हुनुपर्ने हो । तर, अवस्था ठिक उल्टो छ । हामी अझैसम्म मासुका लागि जिउँदो पशुदेखि तयारी उत्पादनसम्म आयात गरिरहेका छौँ ।'

आर्थिक वर्ष २०७६/७७ मा ५ लाख ५२ हजार मेट्रिक टन मासु उत्पादन भएको पशु सेवा विभागको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा देशभर ५ लाख ४९ हजार ३३२ मेट्रिक टन मासु खपत भएको र अपुग ३९८ मेट्रिक टन मासु विदेशबाट आयात गरिएको तथ्याङ्क छ । तर, सरकारी तथ्याङ्कमा विश्वसनीयताको सवाल उठ्ने गरेको छ ।

अहिले नेपालमा मासुका लागि खसीदेखि गँगटोसम्म विदेशबाटै आयात हुने गरेको छ । चालू आर्थिक वर्षको साउन र भदौ महिनामा झन्डै तीन दर्जन देशबाट नेपालले झिँगे माछादेखि पक्षी उत्पादन आयात गरेको भन्सार विभागले तयार गरेको तथ्याङ्कमा उल्लेख छ । 

मासुका लागि सबैभन्दा धेरै आयात भारतबाट हुने गरेको छ । जिउँदो खसी बाख्रा, तयारी मासु, जिउँदा र मारिएका माछादेखि गँगटो (स्क्रब) सम्म भारतबाट आयात भएको हो । दुई महिनामा त्यहाँबाट १० करोड ८२ लाख रुपैयाँ बराबरको १२ हजार ४३ वटा जिउँदो खसी बाख्रा आयात गरिएको छ । यसै गरी, जमाइएको मासु (फ्रोजन मिट) मात्रै ४८ हजार किलोग्राम आयात भएको छ । 

कुन देशबाट कति आयात :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप