ग्लोबल आईएमई बैंकले लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश बाँड्ने
वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट अधिकतम १३.५० प्रतिशत लाभांश दिने भएको छ । सोमबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यद्यपि, उक्त लाभांश भने बैंकको साधारणसभाबाट पारित भएर नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र वितरण हुनेछ । अघिल्लो वर्षमा बैंकले १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद गरी अधिकतम १६ प्रतिशत लाभांश वितरण गरेको थियो । तर, यसपटक बैंकले गत वर्षको तुलनामा २.५० प्रतिशतले नै लाभांश घटाएको छ ।
हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ रहेको छ । बैंकले यहि पूँजीबाट लाभांश वितरण गर्न लागेको हो । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख नाघ्नेछ । गत आर्थिक वर्षमा बैंकले खुद ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ