निफ्राले ८ प्रतिशत बोनस सेयर दिने
सोमबार, २५ असोज २०७८, ११ : ४४
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले अब ८ प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ । नियामक राष्ट्र बैंकले बैंकहरुले वितरणयोग्य लाभांशको ३० प्रतिशत मात्र नगदमा वितरण गर्न पाउने व्यवस्था गरेसँगै निफ्राले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो ।
असोज २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गरेको हो । योसँगै अब निफ्राले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र सो प्रयोजनका लागि लाग्ने करसहितको नगद लाभांश वितरण गर्ने छ ।
यसअघि निफ्राले आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत