जेठी आमाको हत्या गर्ने युवक पक्राउ
सोमबार, २५ असोज २०७८, ०९ : ५०
१
गुल्मीका एक युवकले चिर्पट प्रहार गरी आफ्नी जेठी आमाको हत्या गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१३ , दुबिचौरका २५ वर्षीय प्रकाश बिकले आफ्नी जेठी आमा ६० वर्षीया पार्वती बिकलाई आइतबार साँझ चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोपालचन्द्र भट्टराईले हत्या अभियोगी बिकलाई हिजो नै पक्राउ गरी हिरासतमा राखिएको बताए । त्यस वडाका वडाध्यक्ष खुम खत्रीका अनुसार मदिरा सेवन गरेका उनले दिउँसो सामान्य विवादको आवेगमा आइ जेठी आमालाई चिर्पटले हान्दै हत्या गरेका थिए । दिनहुँ मदिरा सेवन गर्ने गरेका कारण बिककी श्रीमतीले सम्बन्धविच्छेद गरेर बसेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रासिद खान बने टी–२० क्रिकेटको सर्वाधिक विकेट लिने खेलाडी
-
रियलले भित्र्याउन खोजेका डेभिसले गरे बायर्नसँग नयाँ करार
-
झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता
-
भारतीय आप्रवासी बोकेको विमान अमृतसरमा अवतरण
-
४.४५ अंकले घट्यो नेप्से, फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिए
-
पूजाको अर्धशतक खेर, रोकिएन नेपालको हारको शृङ्खला