शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुटु स्वस्थ राख्न हरेक दिन ३ कप कफी

सोमबार, २५ असोज २०७८, ०८ : ५२
सोमबार, २५ असोज २०७८

मुटुलाई स्वस्थ राख्न हरेक दिन ३ कप कफी पिउन जरुरी छ । हरेक दिन ३ कप कफी पिउँदा २१ प्रतिशत स्ट्रोक र १७ प्रतिशत हृदयरोगको खतरा कम हुन्छ । ​हंगेरीको राजधानी बुडापेस्टस्थित सेमेल्भिस युनिभर्सिटीमा गरिएको अनुसन्धानले कफी र मुटुबीचको सम्बन्धलाई उजागर गरेको छ । 

उक्त अनुसन्धानको क्रममा कफीले कसरी मुटुलाई स्वस्थ राख्छ ? कति कप कफी पिउनु स्वास्थ्यलाई फाइदाजनक छ ? भन्ने जस्ता प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरिएको थियो । युकेको बायोबैंकमा रेकर्ड भएका ४ लाख ६० हजार व्यक्तिहरुमाथि गरिएको अनुसन्धानमा कफी पिउने र नपिउने व्यक्तिमा कफीको प्रभाव र नपिउने व्यक्तिको अवस्थाको बारेमा खुलासा गरिएको छ । जसले जुन व्यक्तिले हरेक दिन ३ कपसम्म कफी पिउने गर्दछ उनीहरुको मृत्युको खतरा १२ प्रतिशत कम हुन्छ । भने, हृदयघात हुने सम्भावना १७ प्रतिशत कम हुन्छ । साथै, २१ प्रतिशत व्यक्तिमा स्ट्रोकको खतरा कम हुन्छ । 

कति मात्रामा कफी पिउने ? 
अनुसन्धानकर्ताका अनुसार अनुसन्धानमा सहभागी व्यक्तिहरुको मुटुको एमआरआई स्क्यानमा कफीले मुटुमा पार्ने असरबारे अध्ययन गरिएको थियो । जसअनुसार कफी नै नपिउने व्यक्तिको तुलनामा कफी सीमित मात्रामा कफी पिउने व्यक्तिहरुको मुटुले सन्तुलित रुपमा काम गरिरहेको र बढ्दो उमेरले मुटुमा पार्ने असर पनि घटाएको पाइएको छ ।अनुसन्धानमा संलग्न डा. जुदित सिमोनले सीमित मात्रामा कफी पिउनु फाइदाजनक भएको बताए । उनले धेरै मात्रामा कफी पिउँदा शरीरलाई नोक्सान पुग्ने जानकारी दिए । उनले हरेक दिन ३ कफ कफी स्वास्थ्यका लागि फाइदाजनक भएको बताए । 

क्याफिनको बेफाइदा 
विशेषज्ञका अनुसार एक दिनमा ३ कपभन्दा बढी कफी पिउँदा स्वास्थ्यका लागि बेफाइदाजनक मानिन्छ । कफीमा हुने क्याफिनले मस्तिष्कको स्नायु प्रणालीमा असर गर्छ । क्याफिनको सेवनले भोक कम लाग्ने, तौल घट्ने जस्ता समस्या पैदा गर्छ । क्याफिनले शारीरिक र मानसिक रुपमा उर्जावान् बनाउँछ । जसले गर्दा धेरै काम गर्ने र आराम गर्ने बानीको बिकास हुँदै जान्छ । यसले गर्दा विस्तारै उच्च रक्तचापको समस्या देखापर्छ । त्यसैले क्याफिनको सही मात्राले शरीरलाई फाइदा गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप