सनातन विद्वत् परिषद्को अध्यक्षमा दीर्घराज घिमिरे निर्वाचित
सनातन विद्वत् परिषद्को अध्यक्षमा प्रा डा दीर्घराज घिमिरे निर्विरोध निर्वाचित भएका छन् । विसं २०७३ मा अनौपचारिक मञ्चका रुपमा काम सुरु गरेको परिषद् गत वर्ष जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सामाजिक एवं आध्यात्मिक संस्थाका रुपमा विधिवत् दर्ता भएपछि नवरात्रको अवसर पारेर पहिलो साधारणसभा गरिएको हो । साधारणसभाले नेपाल संस्कृत विश्वविद्यालयमा लामो समय सेवा गर्नुभएका घिमिरेलाई निर्विरोध निर्वाचित गरेको हो ।
परिषद्को उपाध्यक्ष त्रयमा प्रा डा भवानीप्रसाद खतिवडा, प्रा डा देवमणि भट्टराई र सहप्राध्यापक माधवप्रसाद पाण्डेय पनि निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरी सचिवमा डा रुद्रानन्द ब्रह्मचारी, सहसचिव उपप्राध्यापक सुदर्शन नेपाल, कोषाध्यक्षमा प्रा डा आनन्दप्रसाद घिमिरे निर्वाचित भएका छन् ।
परिषद्को सदस्यमा डा गोविन्दशरण उपाध्याय, डा कान्ता भट्टराई, उपप्राध्यापक वैकुण्ठ घिमिरे, उपप्राध्यापक उपेन्द्र दाहाल, आचार्य विष्णुप्रसाद पोखरेल र रामकृष्ण उपाध्याय निर्वाचित भएका छन् ।
परिषद्ले वैदिक सनातन हिन्दू धर्मको संरक्षण र सम्वद्र्धनमा काम गर्दै आएको छ । संस्थाले धर्म, संस्कृतिका विभिन्न विषयमा हुने विवादलाई शास्त्रीय प्रमाणका आधारमा शास्त्रार्थका माध्यमबाट निष्कर्षमा पु¥याउँदै आएको छ ।
वैदिक सनातन धर्मावलम्बीले मनाउने चाडपर्वका विषयमा विभिन्न समयमा उठ्ने प्रश्नका बारेमा पनि परिषद्ले नेपाल पञ्चाङ्ग निर्णायक समितिसँगको सहकार्यमा काम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन