बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जन्ती गएर फर्किएको जिप दुर्घटना, ४ जनाको मृत्यु

सोमबार, २५ असोज २०७८, ०७ : ३०
सोमबार, २५ असोज २०७८

अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका–१ कुइकामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका–२ का १४ वर्षीय जीवन न्यौपाने र १८ वर्षका सर्प बोहरा, सोही नगरपालिका– ३ का १७ वर्षका जीवन जैसी र १७ वर्षीय हिमाल नेपाली छन् । आइतबार राति जन्ती गएर फर्किएको बोलेरो जीप जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

प्रहरीका अनुसार से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा गाडी चालकसहित अन्य १४ जना घाइते भएका छन्। घाइते १४ जनामध्ये १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने २ जनालाई नेपालगन्ज लगिएको छ । जिल्ला अस्पताल अछामका अनुसार अस्पताल ल्याइएका १३ जना घाइतेमध्ये १ जनाको उपचारका क्रममा मृत्यु भएको र बाँकीको उपचार भइरहेको छ। जीप कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप