सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

एम्बाप्पेको गोलमा फ्रान्सलाई नेसन्स लिगको उपाधि, इटाली तेस्रो

सोमबार, २५ असोज २०७८, ०६ : २५
सोमबार, २५ असोज २०७८

किलियान एम्बाप्पेको विवादित गोलको मद्दतले फ्रान्सले स्पेनलाई हराउँदै यूईएफए नेसन्स लिगको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । आइतबार राति भएको खेलमा फ्रान्सले एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै २–१ को जीत हासिल गरेको हो ।

खेलको ६४ औँ मिनेटमा मिकेल ओयारजबालको गोलको मद्दतले स्पेनले खेलमा अग्रता लिएको थियो । तर, लगत्तै करिम बेन्जेमा शानदार गोल गर्दै खेल बराबरी गरे । खेलको ८० औँ मिनेटमा एम्बाप्पेले निर्णायक गोल गर्दै फ्रान्सलाई जीत दिलाए । तर, गोलअघि एम्बाप्पे अफसाइड पोजिसनमा रहेको भन्दै विवाद भइरहेको छ । 

उता, इटालीले पनि बेल्जियमलाई समान २–१ गोल अन्तरले हराउँदै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल रह्यो । इटालीलाई जीत दिलाउन दोस्रो हाफको शुरुवातमा नै निकोलो बरेलाले पहिलो गोल गरे भने डोमेनिको बेरार्डीले पेनाल्टीबाट इटालीको अग्रता दोब्बर बनाए ।

खेलको अन्त्यतिर चार्ल्स डी केटेलायरले एक गोल फर्काउनअघि बेल्जियमा तीनवटा प्रहार पोष्टमा लाग्न पुगेको थियो । त्यसपछि बेल्जियमले बराबरी गोलका लागि प्रयास गरे पनि त्यो सफल हुन सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप