माओवादीले दियो नारायणकाजीलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी

नेकपा माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिएको छ । पछिल्लो समय पार्टी नेतृत्वको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै आएका श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिइएको हो ।
यसअघि श्रेष्ठलाई प्रवास समन्वय विभागको जिम्मेवारी दिइ अन्तर्राष्ट्रिय विभाग दिइएको थिएन । तर हाल आएर माओवादीले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी पनि दिएको हो । यस्तै उपप्रमुखमा सुरेन्द्र कार्की रहेका छन् । यस्तै प्रवास समन्वय समितिको सहइन्चार्जमा लक्ष्मण पन्त रहेका छन् । अध्यक्षमा भने यसअघि नै ओम शर्मा चयन भइसकेका छन् ।
माओवादीले अन्तर्राष्ट्रिय विभागमा रहने सदस्यहरु भने टुंगो लगाइसकेको छैन । तर त्यसका लागि यसअघि नै पार्टी निकटका डिप्लोम्याट र विदेश मामिलाका जानकारहरुको सूची तय गरिसकेको छ । सो सूचीबारे पार्टीबाट निर्णय नहुँदै बाहिरिएको थियो ।
माओवादी पार्टी कार्यालय स्रोतले श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी दिएको जानकारी दियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्नुअघि पनि श्रेष्ठ अन्तर्राष्ट्रिय विभागको नेतृत्वमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक