शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : हमाल बाहिरिए पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने एमालेको माग

आइतबार, २४ असोज २०७८, १९ : ५२
आइतबार, २४ असोज २०७८

आज मिति २०७८ साल असोज महिनाको २४ गते आइतबार । अरु दिनझैँ आज पनि हामी नियमित स्तम्भ ‘सन्ध्याकालीन ब्रिफिङ’ लिएर पाठकहरुसामु आएका छौँ–

१‍. विवादपछि बाहिरिए गजेन्द्र

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएका छन् ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् । आइतबार बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएका थिए । हमालले प्रधानमन्त्रीको आग्रहमा राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको छ प्रधानमन्त्री देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेकामा सो अनुरोधलाई स्वीकार गर्दै हमालले आइतबार बिहान पदबाट राजीनामा दिएको सचिवालयको भनाइ छ । 

एमाले नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गजेन्द्र हमाल प्रकरणले नेपालको न्यायालय र त्यसको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको बताएका छन् । साथै उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन परमादेश जारी गरेको रहेछ भन्ने गजेन्द्र हमाललाई मन्त्री बनाएबाट प्रमाणित भएकाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् ।

२. मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद्मा प्रस्तुत

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद्मा प्रस्तुत गरेसँगै प्रदेशसभाको बैठक आगामी कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ । आइतबार साँझ बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव सदनमा प्रस्तुत गरेकी  हुन् । मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागि दलले समर्थन फिता लिएका मुख्यमन्त्रीले संसदबाट ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप