शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसीको डिजिटल दसैँ योजनाः डिजिटल कारोबार गर्नेलाई आकर्षक उपहारदेखि २५% सम्म क्यास ब्याक

आइतबार, २४ असोज २०७८, १९ : २८
आइतबार, २४ असोज २०७८

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका निमित्त चाडपर्वका अवसरमा ‘डिजिटल दसैँ’ योजना सार्वजनिक गरेको छ ।

यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकहरूलाई आकर्षक उपहारदेखि अधिकतम २५ प्रतिशतसम्म क्यास ब्याक तथा छुट प्रदान गर्ने बैंकले जनाएको छ । 

ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यूआर भुक्तानी गर्दा आकर्षक छुट तथा क्यास ब्याकको व्यवस्था गरेको हो ।

बैंकले असोज २१ देखि कात्र्तिक २१ सम्म यस बैंकको भिसा कार्डमार्फत पीओएस कारोबार गर्ने ग्राहकहरूलाई २५ प्रतिशतसम्म क्यास ब्याकको योजना ल्याएको छ ।

जसअनुसार पहिलोपटक पीओएस कारोबार गर्दा १० प्रतिशत वा अधिकतम ५०, तेस्रो पटक कारोबार गर्दा १५ प्रतिशत वा१२५ र पाँचौं पटक कारोबार गर्दा २५ प्रतिशत वा २५० सम्म क्यास ब्याक अफर रहेको छ । यीसँगै बैंकले विभिन्न कम्पनीका उपहारहरू पनि प्रदान गर्ने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप