प्रदेश नं १ मा सङ्क्रमण दर घट्दो
आइतबार, २४ असोज २०७८, १८ : ५२
पछिल्लो समयमा प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको पाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा सात जना गरी कूल ११० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
झापा, मोरङ र सुनसरीमा क्रमश: ४७, ३२ र १५ जना तथा धनकुटा र तेह्रथुममा दुई÷दुई, इलाममा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १२४ महिलासहित २११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी