शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नर्भिकमा अक्टोबर महिनाभर म्यामोग्राम गराउँदा भारि छुट

आइतबार, २४ असोज २०७८, १८ : ५२
आइतबार, २४ असोज २०७८

काठमाडाैं । स्तन क्यान्सर पत्ता लगाउने परिक्षण विधि म्यामोग्राम गराउनेहरूका लागि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अक्टोबर महिनाभर भारी छुट दिने भएको छ । 

ब्रेस्ट क्यान्सर(स्तन क्यान्सर) अवेयरनेस महिनाको रुपमा अक्टोबरलाई मनाउने गरिन्छ । यही अवसरमा नर्भिक अस्पतालले स्तन क्यान्सर भए नभएको पत्ता लगाउने आधुनिक परीक्षण विधि म्यामोग्राम गराउँदा लाग्ने शुल्कमा २० प्रतिशतको छुट दिने भएको हो । 

अक्टोबर महिनाभर म्यामोग्राम गराउँदा नर्भिकमा २० प्रतिशत छुट पाइनेछ । अस्पतालको प्यासेन्ट सर्भिस डिपार्टमेन्टका प्रमुख अंकित अग्रवालले भने, ‘हामीले विशेष छुटको स्किम ल्याएर स्तन क्यान्सर सचेतना महिनालाई विशेष बनाउन खोजेका हौं ।’ 

नर्भिकले यस्ता विशेष अवसर, चाडपर्व लगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप