शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक र लस्कर फूड्स एन्ड डेलिभरी सर्भिस बीच छुट सम्बन्धी सम्झौता

आइतबार, २४ असोज २०७८, १८ : २८
आइतबार, २४ असोज २०७८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र पक्नाजोल स्थित लस्कर फूड्स एन्ड डेलिभरी सर्भिसबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक एबं कर्मचारीहरुले लस्कर फूड्स एन्ड डेलिभरी सर्भिसका विभिन्न सेवाहरुमा विषेश छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागि समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङ्ग मार्पmत डेबिट कार्डको लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ ।

मोबाइल बैकिङ्गमार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप