बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २: जसपा प्रदेश अध्यक्षमा फेरि पनि विजयकुमार यादव

आइतबार, २४ असोज २०७८, १७ : ५६
आइतबार, २४ असोज २०७८

सत्तारुढ जसपा नेपालको जारी मधेश प्रदेश समिति समायोजन बैठकबाट अध्यक्षमा फेरि पनि विजयकुमार यादवलाई चयन गरिएको छ । शनिबारबाट जारी बैठकबाट प्रदेश २ सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री यादवलाई नै मधेश प्रदेश समितिको अध्यक्षमा चयन गरिएको हो । बैठकले १५१ जना सदस्यीय समिति समेत छनोट गरिएको जसपा मधेश प्रदेश समितिले जनाएको छ ।

यसअघि यादवले पदबाट राजीनामा दिएका छन् । प्रदेश २ का कृषिमन्त्री समेत रहेका यादव जसपाका कार्यकारिणी सदस्य तथा आर्थिक विभाग प्रमुख समेत रहेका छन्  । जसपामा व्यक्ति एक पदको अवधारणा लागु गरिएपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका थिए। यसअघि विजय यादवलाई प्रदेश २ को अर्थमन्त्रीबाट हटाएर कृषि मन्त्री बनाइएको थियो । अर्थमन्त्रीबाट हटाएपछि असन्तुष्ट रहेका विजय यादवलाई पार्टीबाट नै प्रदेश २ को अध्यक्षबाट राजीनामा दिन दवाव दिँदै आएको थियो । 

यादवले राजीनामा दिएपछि प्रदेश २ का पार्टी अध्यक्षमा जनकपुर उपमहानगरपालिकाका मेयर तथा जसपाका केन्द्रीय सदस्य लालकिशोर साहलाई बनाउने चर्चा थियो । मेयर साह महन्थ ठाकुर पक्ष छाडेर उपेन्द्र यादव पक्षमा लागेका थिए ।  प्रदेश २ को अध्यक्षको आकांक्षीमा लालकिशोरसँगै महोत्तरीका हरिनारायण यादव, धनुषाका रामअशिष यादव, बालकिशोर यादव, ज्ञानेन्द्र यादव, राजकिशोर यादव, शैलेन्द्र साहलगायत रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप