शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

५९६ जना संक्रमित थपिए, १० जनाको मृत्यु

आइतबार, २४ असोज २०७८, १७ : ५२
आइतबार, २४ असोज २०७८

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ४०४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५६५ तथा एन्टिजेन विधिबाट १३ जनामा संक्रमण पुष्टि भएको हो ।नेपालमा हाल १५ हजार २४ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १३ हजार ८५९ जना होम आइसोलेसन, १ हजार १६५ जना संस्थागत आइसोलेसन, ३२२ जना आईसीयू तथा ११३ जना भेन्टिलेटरमा रहेका छन् ।

यही अवधिमा थप ८७१ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल संक्रमितमध्ये ७ लाख ७५ हजार ९४३ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९६.७ रहेको छ । त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । मृत्यु दर १.४ प्रतिशत रहेको नेपालमा ११ हजार २३१ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप ७८ हजार ९२७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ६४ लाख ५० हजार ६४४ जनाले दुवै मात्रा खोप लगाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप