शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री

आइतबार, २४ असोज २०७८, १७ : ४४
आइतबार, २४ असोज २०७८

गृहमन्त्री बालकृष्ण खाँणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन् । गृहमन्त्री खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्ने बताएका हुन् । 

 आईतबार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरूले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएका थिए । त्यसक्रममा गृहमन्त्री खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको जनाए । उनले भने, ‘नेपाली जनताको जीवन रक्षा गर्ने राज्यको दायित्व हो । कुनै पनि नेपाली जनताले अनाहकमा जीवन गुमाउन नपरोस् त्यसमा हामी गम्भिर छौं । र जनताको जीवन रक्षाका लागि महिला दिदीबहिनीहरुको रक्षाका लागि राज्य र सरकार गम्भिर छ । यी भएका घटनाको बारेमा तत्काल अनुसन्धान पनि हुन्छ । अव कानुनमा भएको व्यवस्थाको रक्षा गर्ने, कानुनको रक्षा गर्ने दायित्व पनि सरकारको हो । कानुन बमोजिम नै कारबाही हुन्छ ।’
गृहमन्त्री खाँणले सरकारले महिलामाथि हुने हत्या, हिंसालगायतका अपराधिक घटना नियन्त्रण गर्न गम्भिर भएर लागिपरेको दावी समेत गरे । 
महिला अधिकारकर्मीहरूले सो घटनाका पीडितको न्यायको खोजी गर्दै नेपालगन्जबाट पैदल यात्रा गरी काठमाडौं आई शान्तिपूर्ण प्रदर्शन गरिरहेका महिला अधिकारकर्मीहरूलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको उल्लेख गर्दै तत्काल रिहा गर्न पनि माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप