महानायक विवाद : सलोनले मागे माफी
‘महानायक’ को विषयमा केही दिन अगाडि आफूले दिएको अभिव्यक्तिको विषयमा अभिनेता सलोन बस्नेतले माफी मागेका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै उनले माफी मागेका हुन् । उनले केही दिन अगाडि एक अन्तरवार्तामा ‘महानायक’ को परिभाषा के हो ? भन्ने प्रश्न उठाएका थिए । उक्त अभिव्यक्ति पछि सामाजिक सञ्जालमा बस्नेतमाथि गालीको वर्षा हुन थालेको थियो । यहीबीच उनले अहिले माफी आएर मागेका हुन् ।
सलोनले सामाजिक सञ्जालमा लेखेका छन् – माफ गरिदिनुस् नेपाली जनता, समय विडम्बनाको थियो म अलमलिएका थिए र बुझ्न सकिन।मेरो हुर्काइ यही ठाउँमा भयो। म तिनै इतिहासका मायामा बढ्दै गए। म बुझ्न सक्ने हुनु भन्दा अगाडी नै एक महान् व्यक्तिले "नेपालीबाबु" नामक सिनेमा मार्फत सिनेमा संसार बुझाई दिनु भयो। "कर्म" नामक सिनेमा मा काम गर्दा आफ्नो बुवा हुँदा हुँदै अर्का महान् हस्तिका लागि आफ्नो शिर मुन्डन गरे र उनैले सिनेमाको लागि गरिने त्याग र यसको महत्त्व बुझाए। जीवनमा सबैभन्दा बढी सिनेमा (कर्णवीर,ठूले, आशीर्वाद,हामी तीन भाइ, अनमोल आदि), सिनेमा जगतकै सबै भन्दा सफल अग्रज व्यक्ति सँग काम गर्ने मौका पाएँ र उहाँबाट सच्चा नायकका सीप सिक्न पाएँ । मेरो पीढीको सबैभन्दा भाग्यमानी कलाकार लाग्थ्यो आफू। मलाई थाहा थिएन, दिन यस्तो आउला जब मैले उहाँहरूमा फरक छुट्याउनु पर्नेछ भनेर।
मैले सोच्न सकिन, सायद यही हडबडाहटमा बोल्न पनि जानिन। मेरो अहम्, मेरो गर्व , मेरो धर्म, मेरो कर्म सबै जहाँ सिके, त्यो मुहारलाई १, २ र ३ गरेर छुटाउनु मेरो हैसियत भन्दा धेरै माथिको कुरा लाग्यो। शब्द छनोट गलत भयो मेरो तर मनबाट गलत सोचेको छैन। सबै सँग माफी माग्न चाहन्छु मेरो शब्दले असर पर्न गएकोमा। मैँले आज सम्म जीवनमा सिनेमा बाहेक केही सोच्न वा गर्न सकेको छैन। मेरो सत्य यही हो मलाई गलत नबनाई दिनु। माफ गर्दिनुस् नेपाली जनता ।।
केही दिन अगाडि निर्देशक शोभित बस्नेतले पनि ‘महानायक’ बिषयमा दिएको अभिव्यक्तिप्रति माफी मागेका थिए । उनले ‘महानायक’ पदवीमाथि प्रश्न उठाएपछि ठूलै विवाद जन्मिएको थियो । विवाद शोभितको फिल्म ‘डाँडाको वरपीपल’ बहिस्कार गर्नेसम्म चर्चिएपछि उनले ट्रेलर सार्वजनिक कार्यक्रममा अबदेखि राजेश हमाललाई ‘महानायक’ मान्ने बाचा नै गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती