बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेप्सेमा दोहोरो अंकको गिरावट

आइतबार, २४ असोज २०७८, १५ : ३३
आइतबार, २४ असोज २०७८

आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन समेत रहेको आज आइतबार नेप्से परिसूचक १८.५३ अंकले घटेर २६ सय ६२.५८ विन्दुमा झरेको हो ।  गत बुधबार यस्तो सूचक अधिकतम ६८.४७ अंकले बढेर २६ सय ८१.१० बिन्दुमा अडिएको थियो । सातामा पाँच दिन अर्थात् आइतबारदेखि बिहीबारसम्म बजार खुल्ला हुने भएपनि गत हप्ताको बिहीबार दसैंको पहिलो दिन (घटस्थापना) परेकाले सार्वजनिक विदाका कारण कारोबार बन्द हुन पुग्यो ।

त्यसो त तीन दिनपछि खुलेको बजारमा आज नेप्से परिसूचक १८ अंकमाथिले घट्न पुगेको छ भने कारोबार रकम करिब साढे ४ अर्बमा सीमित हुन पुगेको छ । नेप्सेका अनुसार कुल २२० कम्पनीको सात करोड २५ लाख कित्तामाथिको सेयर ५४ हजार पटक किनबेच हुँदा जम्मा ४ अर्ब ४९ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । 

यस दिन फाइनान्स, लाइफ इन्स्योरेन्स र म्युचुअल फन्ड बाहेकका सबैजसो उपसमूहहरु ऋणात्मक (नेगेटिभ) भएका छन् । आज सबैभन्दा बढी कमाउनेमा सपोर्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् भने सबैभन्दा बढी गुमाउनेमा शिवम् सिमेन्टका लगानीकर्ताहरूले रहेका छन् । सर्पोर्ट लघुवित्तका लगानीकर्ताहरूले अधिकतम १० प्रतिशतले कमाउँदा यता शिवम् सिमेन्टका लगानीकर्ताहरूले अधिकतम ६.४६ प्रतिशतले गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप