शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पामा जीप दुर्घटना, चालकको मृत्यु

आइतबार, २४ असोज २०७८, १५ : ३२
आइतबार, २४ असोज २०७८

रोल्पामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  रोल्पा नगरपालिकाको सल्लीबोटबाट बाजाबाङ जाने क्रममा लु१च ९४९३ नं को जीप छेर्लापोखरा भन्ने स्थानामा दुर्घटना हुँदा सो जीपका चालक सोही नगरपालिका–१ खेवासेका २० वर्षीय गोवर्द्धन घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार जीप सडकबाट ३० मिटर तल खसेको छ । दुर्घटनामा परी जीपका सहचालक रोल्पा नगरपालिका सल्लीबोटका २० वर्षीय नवीन पुन घाइते भएका छन् । रोल्पा अस्पताल रेउघामा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप