शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिला लघुवित्तले सेयरधनीलाई ५० प्रतिशत लाभांश वितरण गर्ने

आइतबार, २४ असोज २०७८, १४ : ५७
आइतबार, २४ असोज २०७८

महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर धनीहरुलाई अधिकतम ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  लघुवित्तको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्ष आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

यद्यपि, प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । लघुवित्तले गत वर्षमात्रै आईपीओ जारी गरेको हो । आईपीओपछि पहिलोपटक लघुवित्तले लाभांश घोषणा गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप