बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्यो

रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन् । घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यले रातोपाटीलाई बताए । उनले भने–‘घाइतेहरुलाई अस्पताल पठाउँदैछौँ ।’
बुटवल औद्योगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो । १ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो । घाइतेमध्ये एकजनाको टाउको र एकजनाको छातीमा गोली लागेको बताइएको छ । औधोगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका छन् ।
२०७२ मा मोतीपुरमा औधोगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेर सरकारले केही समयअघि शिलान्यास गरेको थियो । औधोगिक क्षेत्र निर्माणस्थलमा अतिक्रमण गरेर टहरा बनाएर बसेकाहरुलाई हटाउन खोज्दा झडप भएको डीआईजी आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार परिवर्तनको हल्ला आजबाट अन्त्य भयो : शंकर पोखरेल
-
सर्वोच्चले मगायो रवि लामिछानेको मुद्दामा जिल्ला अदालत रुपन्देहीको मिसिलमा संलग्न कागजात
-
सङ्घीय गणतन्त्रको रक्षामा एकजुट होऔँ : शेरधन राई
-
ओलीले विन्दालाई बोलाएरै भेटेर भने - चिठी नै नभए केको कारबाही ?
-
शिक्षक आन्दोलनको असरः धमाधम भर्ना अभियान स्थगित गर्दै बागमतीका विद्यालय
-
पटक–पटक म्याद थप र हर्जानाः जेठभित्र 'सञ्चालनमा आउँदै' ग्वार्को ओभरपास