शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पाल्पामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

आइतबार, २४ असोज २०७८, ११ : ३९
आइतबार, २४ असोज २०७८

पाल्पामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवलतर्फ आउँदै गरेको ट्रकको ठक्करबाट पैदलयात्री ५९ वर्षीय श्यामबहादुर रोकाको मृत्यु भएको हो ।  ग २ ख ३३५ नम्बरको ट्रकले पाल्पाको बगनासकाली गाउँपालिका –२ पोखराथोक रोकालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

ठक्करबाट घाइते भएका रोकाको उपचारको लागि मिसन अस्पताल तानसेन ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप