शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जन्मदिनको दिन छोरा आर्यनको जमानत याचिका खारेज हुँदा रोइन् गौरी खान, अदालतबाहिरको भिडियो भाइरल

आइतबार, २४ असोज २०७८, ११ : ३३
आइतबार, २४ असोज २०७८

कार्डिएला–द–इम्प्रेस क्रुजमा चलिरहेको हाइप्रोफाइल रेव पार्टीबाट पक्राउ परेपछि नै शाहरुख खानका छोरा आर्यन खान नारर्कोटिक्स कन्ट्रोल ब्यूरोको हिरासतमा छन् । शुक्रबार मुम्बईको अदालतमा आर्यनको जमानत याचिकामा सुनुवाई भएको थियो जसलाई खारेज गरिएको छ । जमानत याचिका खारेज भएपछि अब अदालत बाहिरबाट गौरी खानको एउटा भिडियो भाइरल भइरहेको छ जसमा उनी रोइरहेको देखिएकी छिन् ।

भिडियोमा गौरीले अनुहार ढाकेर रोइरहेको देखिएकी छिन् । गौरीको आँखाबाट लगातार आँसु बगिरहेको थियो जसलाई उनी लुकाउने कोसिस गरिरहेकी छिन् । यो भिडियो ८ अक्टोबरको हो जुन दिन गौरीको जन्मदिन पनि थियो ।

आर्यनको समर्थनमा उत्रिए प्रशंसकः

गौरीको रोइरहेको भिडियो सार्वजनिक भएपछि शाहरुख खानका प्रशंसकले कमेन्ट गरेर उनीहरुको हौसल बढाइरहेका छन् । यस्तै अर्कोतर्फ .... पनि सोसल मिडियामा ट्रेन्ड भइरहेको छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Suhana Khan (@suhanakhan2)

जुन दिन जमानत याचिका खारेज भयो, त्यस दिन ५१ वर्षकी भइन् गौरीः

८ अक्टोबरमा गौरी खान ५१ वर्ष पूरा भइन् । गौरीको जन्मदिनको मौकामा फराह खान, जोया अख्तर, सुहाना खानजस्ता थुप्रै सेलिब्रिटीले उनलाई जन्मदिनमा बधाई दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप