यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर तोक्दै एक अमेरिकी डलरको बिक्री मूल्य १२०.२८ रुपैयाँ तोकेको छ । यस्तै, राष्ट्र बैंकले डलरको खरिद मूल्य ११९.६८ रुपैयाँ तोकेको जानकारी दिएको छ । यसैगरी, एक यूरोको बिक्री दर १३९.०९ र खरिद दर १३८.३९ रुपैयाँ तथा पाउन्डको बिक्री दर १६३.८७ र खरिद दर १६३.०५ रुपैयाँ तोकेको जनाएको छ ।
यसका साथै, आज एक अष्ट्रेलियन डलरको बिक्री दर ८७.८४ कायम हुँदा खरिद दर ८७.४० रुपैयाँ कायम भएको छ । यता एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री दर ८८.७२ र खरिद दर ८८.२८ रुपैयाँ तथा १० जापानी येनको बिक्री १०.७६ रुपैयाँमा हुँदा १०.७० रुपैयाँमा बिक्री भइरहेको छ ।
चिनियाँ युआनको बिक्री १८.६५ र खरिद १८.५६ रुपैयाँ तथा साउदी अरबको रियालको बिक्री ३२.०७ र खरिद ३१.९१ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । कतारी रियालको बिक्री ३२.८७ रुपैयाँ र खरिद दर ३२.७१ रुपैयाँ कायम हुँदा यूएईको दिरामको बिक्री ३२.७५ र खरिद ३२.५८ रुपैयाँ तोकिएको छ । यस्तै, मलेसियन रिंगटको बिक्री २८.७९ र खरिद २८.६५ रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न विषयका पाठ्यक्रम स्वीकृत, विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरिने
-
विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो
-
अनि कांग्रेसमै फर्कने निर्णयमा पुगेँ...
-
वैकल्पिक वित्तको कानुन बनाउँदै अर्थ मन्त्रालय, स्रोतको समस्या टार्ने लक्ष्य
-
आशिकी ३ बाट बाहिरिइन् तृप्ति डिमरी, कार्तिक आर्यनसँग कसको बन्ला जोडी ?
-
इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयको तयारी