ad

अमेरिकाको मेरिल्याण्डमा मन्दिर निर्माण गर्न भवन खरिद

person explore access_timeअसोज २४, २०७८ chat_bubble_outline0

-विजय थापा 


अमेरिकामा नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिले सामुदायिक केन्द्रको जग्गा र सम्पत्ति जोड्ने इतिहास रचेको नेपाल शिक्षा तथा संस्कृति केन्द्र (एनईसीसी )ले मेरिल्याण्डमा अर्को भौतिक सम्पत्ति जोड्न सफल भएको छ । गत अक्टोबर ८ शुक्रबारका दिन मेरिल्याण्ड राज्यकै जर्मन टाउन (शहर)मा एनईसीसीले ठूलो भवनसहित करिव १७ एकड जमिन खरिद गरेको छ ।



एनईसीसीले उक्त सम्पत्ति ८ लाख ७५ हजारमा खरिद गर्ने प्रस्ताव राखेको थियो । बेच्ने घर धनीले उक्त प्रस्ताव स्वीकार पनि गरेका थिए भने नगद दिने समयमा सम्झौता भन्दा २५ हजार घटाइदिएका कारण ८ लाख ५० हजार नगद बुझाईएको छ ।



गत अक्टोबर ८ कै दिन जग्गा नेपाल शिक्षा तथा संस्कृति केन्द्रको नाममा अमेरिकाको मालपोत कार्यालयले नामसारी गरिदिएको छ । वर्तमान सभापति सरोजदेवी प्रजापतिकाअनुसार यो सम्पत्ति खरिद गर्न गत मे १५ देखि संस्थाले प्रक्रिया अघि बढाएको थियो । गत अगस्तसम्म विस्तृत अध्ययन र अनुसन्धान गरेर सबै कुराको छिनोफानो गरिएको थियो । यी सबै कुराको शुभ संकेत प्राप्त गरेपछि मात्र एनइसीसीले हात हालेको हो ।



बेल्सभिल सम्पत्तिमा रहेका बुद्धको स्तुप ,डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका एक व्यक्तित्वले १० फिटको शिव मूर्ति प्रदान गर्ने प्रतिबद्धता जाहेर गरिसकेकोले उक्त मूर्तिसहित नयाँ सम्पत्तिमा ल्याइने छ ।



स्मरण रहोस्, नयाँ घर र जग्गा लिनुभन्दा अगाडि अरु जग्गा पनि हेरिएको तर एनइसीसीले आफ्नो मापदण्ड पूरा गरेपछि मात्र जग्गा प्राप्त भएको हो । उक्त जग्गामा मन्दिर निर्माण गर्न काउन्टीको पुरातात्विक विभाग तथा काउन्टीसँग बुझेर मन्दिर बनाउन सकिने बिषयमा छलफल गरिएको थियो । र, मन्दिरको लागि उपयुक्त र निर्माण गर्न सकिने नियम अनुसार दिने सकिने भएपछि मात्र यो निर्णयमा पुगी जग्गा खरिद गरिएको हो ।



जग्गा आफ्नो नाममा पास (पारित)गर्न एनईसीसीका पूर्व सभापति कृष्ण निरौला, निवर्तमान सभापति खिलेन्द्र न्यौपाने र संस्थाको जग्गा किन्न संस्थाको तर्फबाट बोर्ड अफ ट्रस्टीका सभापति खिलेन्द्र न्यौपाने र सभपति सरोज प्रजापतिले हस्ताक्षर गरेका थिए ।

धनीपूर्जा आफ्नो हातमा आइ सके पछि उक्त सम्पत्तिको हाताभित्र पूजा अर्चना गरी नरिवल फुटाइएको थियो । सानो कार्यक्रमसमेत गरिएको थियो । अब जाडो महिनाको सुरुवात हुने हुनाले द्रुतगतिमा उक्त सम्पत्तिमा सर सफाई अभियान सुरु गरि हाल्ने सभापति प्रजापतिले बताइन् ।

यो परियोजनाका तथा मन्दिरका लागि नयाँ जमिन खरिद गर्ने कार्यमा प्रवन्ध निर्देशक अभियन्ता(ई)उमेश निरौला, प्रज्वल रेग्मी लगायतले अहोरात्र काम गरेका छन् । बेल्स्भिल स्थित सम्पत्ति अब बिस्तारै बिक्री गरी उतै लगानी गरिने र अन्तत्वगत्वा जर्मन टाउन शहरमै नेपाल शिक्षा तथा संस्कृति केन्द्र(एनइसीसी)रहने जनाइएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।