बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तेजिलो दिमागका लागि खानै पर्ने १० चिज

आइतबार, २४ असोज २०७८, १० : ५१
आइतबार, २४ असोज २०७८

मानिसको सबैभन्दा महत्त्वपूर्ण अंग भनेको मस्तिष्क हो । मस्तिष्कको इशारामा नै शरीरका अन्य अंगहरु सञ्चालन हुने गर्छन् । स्वस्थ शरीरका लागि मस्तिष्कको कार्य सही हुन जरुरी छ । मस्तिष्कलाई तन्दुरुस्त राख्नका लागि खानेकुरामा विशेष ध्यान दिन जरुरी छ । जसका लागि खानैपर्ने १० खानेकुराका बारेमा यहाँ उल्लेख छ । 

पालक 
पालकमा म्याग्नेशियम र पोटाशियम अधिक मात्रामा पाइन्छ । स्मरणशक्ति सँगसँगै क्षमता बढाउन पालक मद्दतगार मानिन्छ । पालकमा भिटामिन बी६, ई र फोलेट भारी मात्रामा पाइन्छ । फोलेटको कमिले स्मरणशक्ति कम हुने र अल्जाइमरको समस्या हुन्छ । 

ओखर 
ओखरमा प्रोटिन र स्वस्थकर फ्याट पाइन्छ । ओखरको सेवनले स्मरणशक्ति तेजिलो हुन्छ । यसमा ओमेगा–३ फ्याटी एसिड हुन्छ जसलाई अल्फा–लिनोलेनिड एसिड पनि भनिन्छ । यसले रक्तचाप कम गर्छ । र रक्तधमनीहरुलाई पनि सुरक्षा प्रदान गर्छ । ओखरले मुटु र मस्तिष्कलाई दुवैलाई फाइदा गर्छ ।

मिक्स अन्न
यसमा कार्बोहाइड्रेट, ओमेगा ३ र भिटामिन बी पाइन्छ । मस्तिष्कको विकास र गतिका लागि यो जरुरी हुन्छ । काब्र्स ऊर्जा मुड र व्यवहारलाई सही बनाउन र स्मरणशक्तिलाई सन्तुलनमा राख्न यो अन्नको आवश्यकता पर्छ ।

कफी
मस्तिष्कको एकाग्रता बढाउनका लागि कफी महत्त्वपूर्ण पेय पदार्थ हो । यसले मस्तिष्कमा एन्टिअक्सिडेन्ट पनि पुर्‍याउन मद्दत गर्छ । शरीरमा आवश्यक पर्ने क्याफिन पनि कफीबाट प्राप्त हुन्छ । 

डार्क चकलेट 
दिमागलाई तेजिलो बनाउनका लागि डार्क चकलेट धेरै नै फाइदाजनक मानिन्छ । यसमा ७० प्रतिशत नरिवल हुन्छ । कोकोमा फ्ल्यावोनोइड्स पाइन्छ । जसमा एन्टिअक्सिडेन्ट पनि हुन्छ । यसले मस्तिष्क स्वस्थ राख्न मद्दत गर्छ । यसका साथै, स्याउ, अंगुर, प्याज, चिया, बियर र वाइनमा पनि फ्ल्वोनोइड्स पाइन्छ ।

फ्याटी माछा
यो माछामा ओमेगा–३ फ्याटी एसिड भरपुर मात्रामा पाइन्छ । यसमा एक प्रकारको अनस्याचुरेटेड फ्याट हुन्छ । जसले बीटा अमाइलोइडको स्तर कम गर्छ । बीटा अमाइलोइडको कारण मस्तिष्कमा क्लंप्स बन्छ जसको कारण अल्जाइमरको समस्या हुन्छ । हप्तामा कम्तीमा दुई पटक माछा खाने गर्नुपर्छ । साल्मन, कोड, टुना आदि प्रजातिका माछाहरु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । 

हरिया सागसब्जी
हरिया सागसब्जीहरुमा भिटामिन सी जस्ता एन्टिअक्सिडेन्ट्स पाइन्छ । यसमा क्यारोटेनोय्ड्स पाइन्छ । यसलाई मस्तिष्कलाई सुरक्षा दिने शक्तिशाली पदार्थ मानिन्छ । ब्रोकाउली, पत्तागोभी, ब्रुसली र अंकुरित सागसब्जीहरुको सेवनले मस्तिष्कलाई फाइदा गराउँछ ।

दूध
दूधमा भिटामिन बी६, बी१२, क्याल्शियम, म्याग्नेशियम र पोटाशियम पाइन्छ । यसमा सबै प्रकारका पोषक तत्वहरु पाइन्छ । यसका साथै, दूधमा हुने प्रोटिनले तनावग्रस्त मस्तिष्कको कार्यमा पनि सुधार ल्याउँछ ।

ब्ल्याकबेरी
अध्ययनका अनुसार ब्ल्याकबेरीको सेवनले स्मरणशक्ति बढाउँछ । यसले छिटो विर्सिने समस्यालाई पनि कम गराउँछ । यसमा भारी मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले ब्रेन सेलको सुरक्षा गर्छ । यसका साथै, ब्रेन सेलको विकास पनि गर्छ । 

पानी 
हाम्रो मस्तिष्कको ८५ प्रतिशत भाग पानीले बनेको हुन्छ । पानीले मस्तिष्कका कोशिकाहरुलाई सुख्खा हुन दिँदैन । अनुसन्धानका अनुसार पानीको कमिले मस्तिष्कका कोशिकाहरुको साथसाथै एकाग्रता र स्मरणशक्तिलाई पनि प्रभावित गर्छ । हरेक दिन ६ देखि ८ गिलास पानी पिउन आवश्यक छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप