शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कम्मरको दुखाइ हुनसक्छ यस्ता रोगको संकेत

आइतबार, २४ असोज २०७८, ०८ : ३६
आइतबार, २४ असोज २०७८

कम्मर तथा ढाडको दुखाइलाई सामान्यतयाः सानो समस्याको रुपमा लिने गरिन्छ । प्रायः धेरै मानिसहरु यो दुखाइबाट पीडित हुने गरेका छन् । तर, यसलाई सामान्य रुपमा लिँदा गम्भीर रोग समेत लाग्न सक्छ । स्वास्थ्य विशेषज्ञका अनुसार कम्मर दुख्ने र त्यसबाट हुने गम्भीर खतराको बारेमा अझै धेरैलाई जानकारी नै छैन ।

विशेषज्ञका अनुसार सामान्यतयाः कम्मरको दुखाइको समस्या युवावस्था वा २० वर्षको उमेरबाट सुरु हुन सक्छ । तर, यसको कारण पत्ता लगाउन नै ८/९ वर्ष लाग्न सक्छ । यसको समयमा नै उपचार गरिएन भने मेरुदण्डका कोशिकाहरु बिग्रिन सक्छ । जसले गर्दा दैनिक गर्ने काम गर्न असहज हुन्छ । यस्तो अवस्थामा कहिलेकाँही अनावश्यक हड्डीहरु पनि बन्न सक्छ ।

कम्मर वा ढाडको दुखाइको कारण बाथ रोगको समस्या पनि हुन सक्छ । स्वास्थ्य विशेषज्ञले कम्मर र ढाडको दुखाइको कारण गम्भीर पनि बन्न सक्छ । मानिसहरु दुखाइको कारण पत्ता लगाउनुको सट्टा दुखाइ कम गर्ने औषधिको प्रयोग गर्ने गर्छन् । यसले मानसिक समस्या पनि निम्त्याउन सक्ने विशेषज्ञ बताउँछन्  । 

ढाडको बीचको भाग वा कम्मर दुख्नुको कारण मेरुदण्डको हड्डीहरुको जोर्नीमा समस्या हुनु हो । विशेषज्ञका अनुसार यो साइटिका पनि हुनसक्छ । मानिसहरु यो समस्यालाई सजिल्यै पत्ता लगाउन सक्दैनन् । यसका साथै, यो Axial spondyloarthritis को संकेत पनि हुनसक्छ । यस समस्यामा दुखाइ जोर्नीबाट सुरु हुन्छ । र बीच भागमा पुग्छ । यो समस्या भएको पत्ता लगाउन एक्स रे गर्नुपर्छ । Axial spondyloarthritis सुरुवाती लक्षण एक्स रेमा देखिदैन । त्यसैले यो समस्या गम्भीर भएपछि मात्रै पत्ता लाग्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप