शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रु बाहक बस दुर्घटना

शनिबार, २३ असोज २०७८, २१ : ४३
शनिबार, २३ असोज २०७८

सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रु बाहक बस दैलेखमा दुर्घटना भएको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेख दुल्लु नगरपालिका–१ दारेभिरमा दुर्घटना भएको हो ।  दुर्घटनामा परेर एक जनाको मृत्यु भएको दैलेख प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा अछाम घर भएका भक्तबहादुर शाही रहेको प्रहरीले जनाएको हो । सुर्खेतबाट जुम्ला हिँडेको ना ६ ख ९२२ नम्बरको बस दारेभिर नजिकै अनियन्त्रित भएर  शनिबार राती ८ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुप श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार, बसमा ३५ देखि ५० जना यात्रु सवार रहेको बुझिएको छ । उक्त दुर्घटनामा ७ जना सामान्य घाइते भएका छन् ।  प्रहरी दुर्घटनास्थलमा पुगेर उद्धारको काम सुरु गरेको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको भनिएपनि खास कारण खुलेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप