बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सबैभन्दा कम

शनिबार, २३ असोज २०७८, २१ : १२
शनिबार, २३ असोज २०७८

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुनः कमी आएको छ ।  अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएका हुन् ।  

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पनि सात महिना पछिकै सबैभन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
 
उनीहरुका अनुसार भारतमा अहिले दुई लाख ३६ हजार ६४३ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् । अघिल्लो दिन भने दुई लाख ४० हजार २२१ जना रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका थिए । भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि कम हुदै गएको हो । 

पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या २३ हजार ७० रहेको छ । यो सङ्ख्या सोही अवधिमा नयाँ सङ्क्रमितहरुको भन्दा झण्डै चार हजार बढी हो ।  भारतमा अहिलेसम्म तीन करोड ३२ लाख ४८ हजार २९१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेका छन् । 

गत शुक्रबार १२ लाख ६९ हजार २९१ जनाको कोरोना परीक्षण गरिएको छ भने अहिलेसम्म कुल ५८ करोड १३ लाख १२ हजार ४८१ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप