शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा ९३ जना सङ्क्रमित थपिए

शनिबार, २३ असोज २०७८, २० : ५०
शनिबार, २३ असोज २०७८

विगत लामो समयपछि प्रदेश नं १ मा आज सबैभन्दा कम ९३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमा ३५० जनाको पिसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमण प्रदेशमा पाँच जिल्ला मोरङमा २८ मध्ये विराटनगरमा २२, सुनसरीमा २७, झापामा २२, धनकुटा र प्रदेश बाहिरका एक–एक जनामा सङ्क्रमण भएको हो ।

स्थानीय पालिकाअनुसार मोरङको  सुन्दर हरैचामा तीन,जहदा, मिक्लाजुङ र बुढी गङ्गामा एक–एक, सुनसरीको धरान र इटहरीमा नौरनौ, दुहवीमा चार, इनरुवामा तीन, बराहक्षेत्र र स्थानीय तह नखुलेका एकरएक, झापाको भद्रपुरमा १२, दमकमा चार, बिर्तामोड, मेचीनगर, कनकाई, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका एक/एक, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश बाहिरका एक–एक जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै १४३ महिलासहित २७९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलाको मृत्यु भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप