साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडको स्थापना

person explore access_timeअसोज २३, २०७८ chat_bubble_outline0

झापामा साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडको स्थापना गरिएको छ ।  साहित्यकार तथा गीतकार भगवती ढुङ्गेलको अध्यक्षतामा स्थापना भएको साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडको उपाध्यक्षमा इन्द्रप्रसाद कटुवाल , सचिवमा पवन शिवाकोटी, सहसचिवमा रेवता भट्टराई, कोषाध्यक्षमा सीता कुँवर, र सदस्यहरूमा लोकबहादुर सुवेदी र मुना प्रसाईं रहेका छन् । साहित्य कला संस्कृतिमा रुचि राख्ने व्यक्तिहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडको स्थापना गरिएको अध्यक्ष ढुङ्गेलले बताइन् ।    

साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडले पहिलो कार्यक्रमको रूपमा दसैँ, तिहार , छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा कृति विमोचन  कार्यक्रम गरेको छ । बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवाकोषको सभाहलमा आयोजित कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।