शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साताको सेयर बजार – ४८ अङ्क बढ्यो, कारोबार रकम घट्यो

शनिबार, २३ असोज २०७८, १९ : ४०
शनिबार, २३ असोज २०७८

यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४७ अङ्कले बढेर बन्द भएको छ । गत साताको बिहीबार नेप्से परिसूचक २६ सय ३३ अङ्कमा बन्द भएको थियो । यो साता ४८ अङ्कले बढेर २६ सय ८१ अङ्क पुगेको हो ।

चार कारोबार दिनमध्ये दुई दिन गिरावट र दुई दिन वृद्धि आएसँगै साताभरमा नेप्से सूचक २ प्रतिशतले माथि चढेको छ । यस क्रममा सेन्सेटिभ इन्डेक्समा १.५५ प्रतिशतको वृद्धि आएको छ । यद्यपि, परिसूचक बढे पनि यो साता कारोबार रकम भने घटेको छ ।

गत साता नेप्सेमा २६ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको थियो । यो साता भने कारोबार रकम घटेर १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ । यस्तै, यो साता नेप्सेको पुँजीकरण ६६ अर्बले बढ्दै ३७ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप