शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘भक्तपुरले विकासमा फड्को मार्‍यो’

शनिबार, २३ असोज २०७८, १८ : ३०
शनिबार, २३ असोज २०७८

नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले तीन वर्षमा भक्तपुरमा राम्रो विकास भएको दाबी गरेका छन् । विजयादशमी, दिपावली, नेपाल संवत् तथा छठपर्वका अवसरमा राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुर जिल्ला कमिटीले आज सल्लाघारीमा आयोजना गरेको शुभकामना, चियापान तथा सांस्कृतिक कार्यक्रममा उनले भक्तपुरले विकासमा निकै फड्को मारेको बताए ।

बस्नेतले भने, “भक्तपुरले कयौँ वर्ष विकास पाएन, अहिले तीन वर्ष भक्तपुरको लागि स्वर्ण युग सावित भयो, इतिहासमै नभएको विकास अहिले भक्तपुरले पायो ।” कार्यक्रममा राष्ट्रिय युवासङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेलले देशका युवा सधैँ देशको विकास र सार्वभौमिकताको रक्षका लागि उभिनुपर्ने बताए । इन्चार्ज बस्नेतले जिल्ला समन्वय समिति महासङ्घका केन्द्रीय अध्यक्षमा निर्वाचित जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, सूर्यविनायक उद्योग वाणिज्य सङ्घका अध्यक्ष किरण थापा र रोमन शिलाकारलाई सम्मान गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप