शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु

शनिबार, २३ असोज २०७८, १८ : १९
शनिबार, २३ असोज २०७८

नवलपरासी (पश्चिम) मा शनिवार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  जिल्लाको रामग्राम नगरपालिका–१७ देवगाउँ बस्ने ३० वर्षीय मोहन गुप्ताको करेन्ट लागेर मृत्यु भएको हो ।

लु ४ त २४९७ नम्बरको धान काट्ने मेशिन सोही ठाउँस्थित सडक किनाराको बिजुलीको तारमा छुँदा करेन्ट लागेर घाइते भएका मेशिनका हेल्पर मोहनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मेसिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप